Tuesday, July 27, 2010

अमेरिकामा संविधानसभाको चासो


डालस टेक्सस नेपाली विद्यार्थीहरूमाझ एक परिचित गन्तव्य हो । हजारौंको संख्यामा रहेका नेपाली विद्यार्थी र यहाँका प्रवासी नेपाली समाजका सदस्यहरूमाझ आजकल चर्चाको विषयवस्तु बनेको छ, संविधानसभा ।
...संविधानसभा के हो र यसले गर्ने महत्वपूर्ण निर्णयहरू भन्दा पनि चर्चाको विषय भने भिन्दै छ । त्यो महत्वपूर्ण चर्चाको विषय हो, यसको लम्बिएको निर्माण प्रक्रिया र समय । विश्लेषकहरूका आधारमा यो लम्बिएको समय संविधानसभाको बचाउका लागि भनिएता पनि नेपाली विद्यार्थीहरू यसलाई केवल नेपाली जनताको आँखामा छारो हाल्ने काम मात्र हो भनेर बुझ्छन् । यस कुरामा पूर्ण सहमत छन्, घारीपाटन पोखरा बसोबास भई हाल डालस टेक्ससमा अध्ययनरत छात्र राम शर्मा बास्तोला । उनको विचारमा जनताको दवावमा र कुर्चीको लालचमा भएको सहमतीले देश र जनतालाई असली संविधान दिने कुरामा शंका भएको ठान्छन् ।
हुन पनि जेठ १४ गते राती भएको सहमती हेर्ने हो भने पनि राष्ट्रिय भावनाभन्दा दलीय हित अनि कुर्सीमोह नै दर्शिन्छ । सहमतीका आधारमा बन्ने भनिएको राष्ट्रिय सरकारको पर्खाइमा बसेका नेपाली जनता भने नेपाली राजनीतिका नायकहरूको अनैतिक चरित्र हेरेर नै रनभुल्ल परेका छन् ।
हरेक दिन हुने सभा, गोष्ठी, सम्मेलन, अन्तरवार्ता अनि अन्तरक्रिया कार्यक्रमहरूमा राष्ट्रिय सहमती अनि नेपाली जनताको मर्मलाई उच्च मूल्यांकन गर्ने हाम्रा नेताहरूको भाषण केही प्रतिशतमात्र काममा परिणत हुने हो भने पनि देशले आजको अवस्था देख्नु नपर्ने बताउँछन्, नेपाली विद्यार्थी संगठन, युनिभर्सिटी अफ टेक्सस आरटिङ्टनका अध्यक्ष आशिषध्वज कुँवर । आफूँ कम्युटरको विद्यार्थी भएतापनि नेपाली राजनीतिमा चासो रहेको र नेपाली राजनीति सत्ताको खेलमा मात्र केन्द्रीत भएकोले संविधान निर्माणको महान् कार्य रोकिएको उनको विचार छ ।
आप्mना दैनिक व्यस्त दिनचर्याका वावजूद पनि नेपालको खबर सुन्न आतुर यहाँका नेपाली समुदाय दैनिक हडताल, लोडसेडिङ, बन्द, चन्दा–आतंक, लुटपाट, राजनैतिक असमझदारी, अपहरण, ज्यादती इत्यादीका खबरहरूले झनै त्रासित हुने गरेका छन् । आफ्ना परिवार अनि इष्टमित्रहरूको कुशलमंगलको समाचारको सट्टा दैनिक रूपमा घट्ने घटनाक्रमले नेपाल विकासक्रममा अझै ५० जर्ष पछि परेको भान हुने कुरा नकार्दैनन् यहाँका प्रवासी नेपालीहरू ।
फेसबुकमा बन्ने समूहहरू अनि गुगलमा हुने संविधान सभा सम्बन्धी खोजहरूले पनि यही कुराको पुष्टि गर्छ कि विश्वभरि छरिएर रहेका नेपालीहरूको एक प्रमुख चासोको विषय हो, निर्माणाधीन संविधान । संविधान कसका लागि बनाउने र कसले बनाउने भन्ने बारे एउटा सामूहिक विचारमा सबै नेपाली रजनीतिज्ञ तथा बुद्धिजीवीहरू सहमत हुनुपर्ने कुरामा जोड दिन्छन्, युनिभर्सिटी अफ टेक्सस आरलिङ्टनकामा अध्ययनरत पोखरेली विद्यार्थी मनिष न्यौपाने । उनी भन्छन्, निर्माणाधीन संविधान नेपाली जनतामाझ राजनीतिक दलहरूको मागी खाने भाँडो भएको छ । हुनपनि वर्तमान राजनीतिक अवस्थालाई गौर गर्ने हो भने त्यो कुरा स्पष्ट देखिन्छ । नांगा राजनीतिक नेताहरू संविधानको खोल ओडेर आप्mनो लाज छोपिरहेका छन् । आरोप प्रत्यारोपको होडबाजीमा पिसिएको संविधान गर्वमै तुहिने हो कि भन्ने शंक गर्नेहरूको गिन्ती प्रवाशी नेपालीहरूमा पनि कम छैन ।
एक अमेरिकी नागरिकले एक प्रसंगमा मलाई तिमीहरूको संविधान कहिले बन्छ भन्ने प्रश्न गर्दा म आश्चर्यचकित नभई उनको उत्तरको खोज गर्न बाध्य भएँ । संचारमाध्यमको विकास देखेर दङ्ग परें अनि उसको उत्तरमा मैले भनें– हामीहरू पनि त्यहीं प्रश्न गर्छौं दिनहुँ हाम्रा राजनेताहरूलाई, अनि उनीहरूको उत्तरमा गाँसिएको हुन्छ उनीहरूकै रजनीतिक योगदान अनि सहमतीको खोक्रो आदर्श । कता कता मलाई अप्mठेरो लागिरहेको थियो आफूँले उत्तर दिन नसकेकोमा ।
हामी नेपालीहरू विदेशीभूमिमा आप्mनो पहिचानको लागि विश्वमानचित्रमा नियाल्न नभ्याए पनि ‘शान्ति देश’ का नागरिक भनेर चिनाउन गर्दथ्यौं । त्यो स्थिती रहेन आज । विभिन्न विकसित मुलुकहरूको बारम्बार अफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न दिएको सुझाव र अन्तराष्ट्रिय आतंकवादको सूचिबाट नहटेको नेपालको प्रमुख राजनीतिक दल इत्यादीले गर्दा हाम्रो परिचयमा अस्तित्वमा परेको महशुस धेरैलाई भएको छ । नेपाल र नेपाली जनताले परिचय अनि अस्तित्वसँग गाँसिएको निर्माणाधीन संविधान समयमै बन्नको लागि विश्वभरी छरिएका नेपालीहरूको एउटै आवाज, ‘धेरै भयो कुर्सीको तानातान, समयमै चाहियो हाम्रो संविधान ।’

4 comments:

Anonymous said...

I need to hear exactly what German will change with that =D

Warm Regards,
Lydia
animal mortality insurance

Fadhilah MPA Online said...

your blog is good. visit my blog too

Anonymous said...

http://www.goodkarmatrek.com/

Anonymous said...

nice one...enjoyed it...please visit Ktmtube for great Nepali videos, movies, photos and music....it is the youtube of Nepal!!