Thursday, December 5, 2013

धन्यबाद सभैजनालाई !!!!!!

नवमी को दिन, घरम़ा बडा दशैं को निकै रौनक थियो | मासु को पसल बनाएर बुवा अनि मेरो भाईलाई मदत गर्न बसेको बेला मेरो मोबाइल बज्यो | हिमचुली समुदायक रेडियोम़ा कार्येरत सहकर्मी साथी मणिपाल होस्पितलम़ा रहेको अनि उस्लाई तुरुन्तै एक यूनिट रगत आवश्येक भएको थाहा पाएर म तुरुन्तै घरमा कशैलाई केहि पनी नभनी त्यहाँ पुगे | माहोल गम्भीर रहेछ त्यहाँ | साथीले मलाई देख्ने बितिकै उस्का रशिला आँखाले मलाई स्वागत गर्यो | मलाई त्यतिनै बेला थाहा भयो कि मेरो साथी केहि दिनमात्र बाच्न सक्छ भनेर | उस्लाई रगतको क्यान्सर भएको थाहा पाए, निकै भाव भिवोर भए | आफ्नो साथीलाई केहि दिन मात्र भए पनी बचाऊन सकेर गर्व महसुस भए पनी मेरो आँखाको धारा रोक्न सकिन मैले | उस्लाई थाहा थियो अब उ संग मात्र केहि दिन छन् भन्ने त्येसैले उ हामी संग ठट्टा गररे त्यो कुरा बिर्सन खोज्दै थियो | हामी सभैजनालाई पनी थाहा थियो त्येसैले, त्यो बारेमा कोइ केहि बोल्न सकेका थिएनौ | मन दिनभोरिनै भारी भएर आयो | आर्थिक अबस्ता कम्जोर भएकै कारण उस्को तिहार पछि स्वोर्गरहण भयो | आज पनी जब कोहि रोगि मान्छे आफ्नो आर्थिक अवस्थाका कारण जीवन र मरणको दोसाद मा पुगेको खबर पाउछु , उशैको याद आउछ अनि सभी कुरा छोडेर उशैको लागि केहि गर्ने जागर चल्छ | मलाई मेरै साथीले " उस्लाई बचाऊ " भनेको जस्तै लाग्छ | स्नेहा लिम्बु बहिनीको उपचारको क्रममा निकै गाली खाए, दस हजार डलर खाइदियो भन्ने आरोप पनी लग्यो | तर खुसी को कुरो, उनको उपचार राम्रो भयो अनि स-परियार का साथ् उनी अहिले कालिफोर्नियामा छिन् | रबिन्द्र के. सी. दाई लाई क्यान्सर बाट बचाऊनत सकिएन तर हाम्रो प्रयाशले भाउजुलाई केहि राहत भने मिल्यो | मेरो गुरु कबि तिर्थ गुरुङ को लागि जुटेको सहयोग पनी उहाको उपचारमा खर्च भयो अनि उहा अहिले स्वस्थ हुनुहुन्छ | "एक थुकी सुकी, हजार थुकी नदि " भनेजस्तै मेरो १०० डलरले हरि भाई को के नै हुन सक्थियो र | तर आज १७०० भन्दा बढी रकमले उस्लाई केहि राहत मिल्ने छ भन्ने भगवान संग प्राथना गर्दछु | मलाई हौसला दिने, प्रेरणा दिने, अनि उर्जा दिने सभै जनालाई मेरो तर्फबाट आभार प्रकट गर्दछु | तपाइको निरन्तर सहयोगले हामी धेरै को उद्दार गर्न सक्छौ | केवल प्राथना भए पनी गरिदुनुष है तपाइले पुज्ने भगवान संग | धन्यबाद !!!!!

2 comments:

seosky said...

same to u....

trekking nepal

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.